कावासोती, पौष २४ ।
नवलपुरकाे युवाहरूलाई लक्षित गरी उनिहरूकाे बाेल्ने क्षमता तथा वाक् कलालाई बृद्दि गर्ने अभिप्रायले नवलपुरमै पहिलाे पटक Public Speaking Training हुने भएकाे छ ।
पौष २५ गते शनिवार होटल फुल मुनमा आयोजना हुने कार्यक्रम युवा तथा बिभिन्न सामाजिक कार्यहरूमा समेत सक्रिय रहदै आएकाे संस्था बाताबरण जनजागरण बिकास संस्था कावासाेतीकाे आयोजनामा नवलपुरकाे कावासाेतीमा याे तालिम सञ्चालनमा आउन लागेकाे हाे ।
पछिल्लाे समयमा बिश्वमै हर कुराहरूमा प्रतिस्पर्धा बढेर बिश्व साघुँरिएकाे बेला युवाहरू आफु भित्र गुम्सिएका कुराहरू पाेख्न हिचकिचाउने बानी अझै पनि हाम्राे समाजमा बिधमान रहेकाे छ । मासमा बाेल्न डराउने, आफ्नाे कुरा राख्न नसक्ने, अरूलाई आफ्नाे बिचार बुझाउन गाह्राे हुने तथा अप्ठेराे मान्ने जस्ता बानीहरूले उनिहरू पछि पर्नुपरेकाे अवस्था छ । यस कुरालाई नै मध्यनजर गरेर आफ्नाे कुरालाई कसरी निर्धक्क तरिकाले अरूलाई प्रत्येक्ष भाव दिने गरी राख्ने जस्ता कुराहरू सिकाउन बिज्ञहरूद्वारा याे तालिम गराउन लागिएकाे हाे ।
Public Speaking सम्बन्धी बिभिन्न खाले जिज्ञासा तथा यसबारे ज्ञान सँगै बिबिध प्रेरणात्मक ज्ञान र सिकाईहरू दिने गरी करिब ३ घण्टाकाे कार्यक्रमकाे ढाचाँ तयार पारिएकाे संस्थाका अध्यक्ष सन्देश घिमिरेले बताउनुभएकाे छ । यस कार्यक्रममा Public Speaking काे Professional Trainer तथा Young Motivator पुष्पा भट्टराईले अाफ्नाे प्रस्तुती तथा जानकारी राख्नुहुने छ । बिगतमा उहाँले बिभिन्न खाले Speech Compitition जित्नुभएकाे छ भने Youth Vision लगाएतका संस्थाहरूकाे माध्यमबाट काठमाण्डाैँ सँगसँगै नेपालका बिभिन्न जिल्लाहरूमा Training दिदै अाउनुभएकाे छ । नवलपुरमा याे पहिलाे राम्राे अवसर रहेकाले सम्पुर्ण युवा साथीहरूलाई तालिममा सहभागी हुनका लागी संस्थाले अपिल गरेकाे छ ।