कावासोती ,नवलपुर।शाही शक्ति नेपालको नवलपुर जिल्ल स्तरीय कार्यसमिति विस्तार गरिएको छ।कावासोती ३ मा रहेको होटल फुलमुनको सभाहलमा आयोजना गरिएको कार्यक्रमबाट जिल्ला समितिलाइ विस्तार गरि ४२ सदस्यीय बनाइएको हो।कार्यक्रमको प्रमुख अथिती शाही शक्ति नेपाल केन्द्रिय समितिका संगठन बिभाग प्रमुख सुनिल क्षत्री रहेका थिए। हिन्दु धर्म लाई रास्ट्रीय धर्म बनाउनु पर्ने र राजसस्था पुनर्स्थापना गर्नु पर्ने जस्ता मुख्य एजेन्डा बोकेर स्थापना गरिएको शाही शक्ति नेपालले विगतको केही समयदेखी विभिन्न कार्यक्रम तथा आन्दोलन गर्दै आइरहेको छ।
बिस्तार गरिएको कार्यसमितिको अध्यक्षमा राजेश मैनाली, बरिस्ठ उपाध्यक्ष :- गोपाल के.सि, उपाध्यक्ष :- ख्याम प्रसाद बस्याल, उपाध्यक्ष :- हरि गौतम, कोषाध्यक्ष :- पितम्बर भण्डारि, सचिब:- बिष्णु रेग्मी, सह-सचिब :- भोला बि.क, जिल्ला प्रवक्ता :- गणेश खनाल, जिल्ला संगठन प्रमुख :- सागर गैरे रहेका छन।नया कार्यसमितिले संस्थाको केन्द्रीय एजेन्डालाई आत्मसात गर्दै संस्थालाइ थप उचाइमा पुर्याउन आवस्यक भुमिका निर्वाह गर्ने कुरा जानकारी गराउदै पौष २७ गते पृथ्वी जयन्तीको दिनमा उल्लेख रास्ट्रप्रेमि हरुको उपस्थितिमा र्याली आयोजना गरिने समेत प्रवत्ता गणेश खनालले जानकारी दिएका छ्न।
शाही शक्ति नेपालको जिल्ला कार्यसमिति विस्तार,प्रवक्तामा खनाल चयन