नदीजन्य पदार्थ अवैद्य उत्खन्न गरी रहेको अवस्थामा नवलपुर प्रहरीले १८ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
नदीजन्य पदार्थको अवैद्य उत्खनन गरी रहेको अवस्थामा नवलपुर प्रहरीले विनयी त्रिवेणी गाँउपालिकाको २ मजुवा विनयी खोलाबाट १६ वटा ट्याक्टर र केरुड्गे खोलाबाट २ वटा गरी जम्मा १८ वटा ट्याक्टरहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नयाव उपरिक्षक मो्हनबहादुर खाँणले बताए ।
जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय दुम्किबास टोलीले नम्बर नखुलेको एउटा,ल ३ त १०३६ ,ल ३ त ७५२५ , ल २ त ५४२३ ,ल ३ त ४६५०, ल ६ त ९०५८ ,ल ४ त १०८४, ल २ त ७७२०,ल ४ त ८६६ ,ल २ त ४५४४ ,ल ४ त २१४५ ,रा १ त २९९९ ,ल ३ त ४५७२ ,ल ४ त १०८६ ,ल ४ त १९३९ ,ल ४ त ६९५ ,ल ३ त ६२१६ र ल ४ त ३८९८ नम्बरको गरी १८ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।