जाडो बढ्दो क्रममा छ । बढ्दो जाडो सङ्गै सामाजिक क्षेत्रमा क्रियशिल युवा सामाजिक सस्था पहिलो पाइला नेपालले स्याङ्जा पुतलीबजार १४ मा जाडोका सारथि न्यानो कपडाहरु वितरण गरेको छ । पहिलो पाइला नेपाल स्याङ्जा शाखाको आयोजनामा पुतलीबजार १४ आमडाडा स्थित जनजागृती आधारभूत विधालयका अति विपन्न विद्यार्थी हरु लाई न्यानो कपडा वितरण गरिएको हो । बिध्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा २७ अति विपन्न विद्यार्थी लाई स्विटर, टोपी लगायतका न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक झलक अर्याल ले बताउनु भयो । अर्याल का अनुसार, देशको कर्णधार बालबालिका नै विपन्नताका कारण न्यानो कपडा को ब्यबस्था गर्न नसक्दा विध्यालय शिक्षा बाट बन्चित छ्न । अध्यक्ष स्मृति काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष बाल कृष्णा भण्डारीको प्रमुख अतिथ्यता थियो । युवाहरूको जोस ले बिध्यालय परिवारलाई थप जिम्मेवारी बनाएको भण्डारीले जिकिर गरेका थिए । कार्यक्रम को समापन गर्दै, शाखा अध्यक्ष स्मृति काफ्लेले पहिलो पाइला नेपाल एक सामाजिक सस्था नभई एक पाठशाला भएको र परिवर्तनको बिषय अध्यापन गराइरहेको अभिव्यक्ति दिनुभएको थियो । अन्त्यमा, सिक्दै सिकाउने यात्रामा सहयात्रा गर्ने हरेक युवा, साथ सहयोग र सल्लाह दिने हरेक सहयोगी दाता, शुभेच्छुक तथा सल्लाहकार समितिलाई काफ्लेले धन्यवाद ज्ञापन गरेकी थिइन । कोरना महामारीको समयमा खाद्य बैंक संचालन, स्वास्थ्य शिविर संचालन, पर्यायवरण संरक्षण अभियान लगायत शिक्षा, स्वास्थ्य, वातावरण र मानव सुरक्षाका क्षेत्रमा युवा वर्गमा नेतृत्व विकास गर्दै पहिलो पाइला नेपाल स्याङ्जा शाखा विगत १ वर्ष देखि सामाजिक क्षेत्रमा अग्रसर छ ।
विद्यार्थीहरुलाइ पहिलो पाइला नेपालको न्यानो कपडा उपहार