एजेन्सी ,भाद्र ७। क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित मानिने फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेल वार्यन म्युनिख र पि एस जि को बिचमा आज हुदैछ। विश्व फुटबलका दुई हस्ती क्लब बिचको रोमाञ्चक खेल आज नेपाली समय अनुसार राती पौने एक बजेदेखी हुदैछ। यो सिजनमा उत्कृष्ट फर्ममा रहेका दुबै टिमको फाइनल खेल रोमाञ्चक अनि प्रतिस्पर्धात्मक हुने अपेक्षा खेल पण्डितहरु तथा आम फुटबल समर्थक हरुले गरिरहेका छन।च्याम्पियन्स लिगको सुरुवात देखिनै उत्कृष्ट लयमा रहेको पाच पटकको च्याम्पियन म्युनिख ७ वर्ष पछि पि एस जि लाई हराएर छैटौं पटक ट्रफी उचाल्ने दाउमा छ। म्युनिखले सेमिफाइनलमा लियोनलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो। पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पि एस जि नेइमार,एम्बाप्पे,डि मारिया जस्ता खेलाडिको प्रेरणामा पहिलो पटक उपाधी जितेर ईतिहास रच्ने दाउमा छ। फ्रेन्च क्ल्बले सेमिफाइनलमा आरबि लाइपजिग लाई हराएर पहिलोपटक फाइनल खेल्ने अवसर सिर्जना गरेको हो।पोर्चुगलको लिस्वनमा हुने खेलमा कुन टिमले बाजि मार्ने हो त्यो भने अबको केही घण्टापछि मात्रै थाहा हुनेछ।
च्याम्पियन्स लिगको फाइनलमा वार्यन म्युनिख र पि एस जि भिड्दै,कस्ले मार्ला बाजि ?