भाद्र १३,एजेन्सी । पाकिस्तान र इंग्ल्याण्ड बिचको जारी टि ट्वान्टी सिरिज अन्तर्गतको पहिले खेल वर्षाले अबरुद्ध पारेको छ।टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्याण्ड्ले सुरुवाती ब्याट्सम्यान ब्यान्टनको ४१ बलमा ७१ रनको आक्रामक पारिको मदतले १६..१ ओभरमा १३६ रनमा ६ विकेट गुमाएर खेलिरहेको थियो। सुरुवात आक्रामक रहेपनी पाकिस्तानका बलरहरुले उत्कृष्ट पुनरागमन गर्दै ६ विकेट लिन सफल भएका थिए।पाकिस्तानका लागि स्पिनर सदाब खानले ब्यान्टन सहित महत्त्वपूर्ण दुई विकेट लिन सफल भएका थिए।खेल चलिरहदा ठूलो वर्षा भयो अनि लगातारको वर्षाले खेलनै बिना नतिजा टुङ्गियो।सिरिजको दोस्रो म्याच आइतबार नेपाली समय अनुसार सात बजे हुदैछ।
वर्षाको कारण इंग्ल्याण्ड र पाकिस्तान बिचको पहिलो म्याच नतिजा बिहिन