इटालियन च्याम्पियन युभेन्टसलाइ क्वाटरफाइनलमा हराएर सेमिफाइनल प्रवेश गरेको लायनलाई वायन म्युनिखले सहजै हराएर च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।आज बिहान सम्पन्न खेलमा म्युनिख ३-० गोल अन्तरले बिजयि भएको हो। सर्ज ग्न्याब्रीले पहिलो हाफमा दुई गोल र लेवन्डस्कीले दोश्रो हाफमा एक गोल गरेपछी म्युनिखको फाइनल यात्रा तय भएको हो।खेल अवधिभर लायनलाइ दवाबमा राखेको म्युनिखले गोलका लागि थुप्रै अवसर पाएपनी सुदुपयोग गर्न भने सकेन।अब क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित मानिने च्याम्पियन्स लिगको फाइनलमा नेइमारको टिम पि एस जि र वायन म्युनिख भिड्नेछन।
च्याम्पियन्स लिगको दोश्रो सेमिफाइनलमा वायन म्युनिख बिजयि,फाइनलमा पि एस जि सङ्ग भिड्ने