शनिवार नवलपुरमा विद्युत अवरुद्ध हुने भएको छ । जिल्लामा विहान १० वजे देखि ३ वजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जानकारी दिएको छ ।
नारायणघाट बुटबल सडक आयोजनाले सडक विस्तारको क्रममा कावासोती बजार एरीयामा परेका रुख कटान गर्ने कार्य भएको हुदा विद्युत अवरुद्ध हुने भएको हो ।
विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार कावासोती , मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा विद्युत अवरुद्ध हुन्छ ।