१८ मंसिर, काठमाडौं । हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै लागलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहानै अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नाउब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए । ‘आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भयो,’ सुवेदीले भने, ‘अहिलेसम्म के कारणले आगो लाग्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन् ।’
हुम्ला विमानस्थलमा आगलागी, पानी जमेकोले नियन्त्रणमा लिन समस्या