कावासोति । जिल्ला प्रशासन कार्यालय बर्दघाट सुस्ता पुर्वका अनुसार गत बर्ष साउनदेखि यो २०७७ असोजसम्म जम्मा २१ जना महिला तथा बालिकाहरु बलत्कृत भएका छन् ।
आ.व. २०७६।०७७ र ०७७।०७८ असोजसम्म जवरजस्ति करणिको जम्मा २१ वटा केश दर्ता भएका छन् भने जवरजस्ति करणि उधोगका जम्मा ९ केश रहेका छन् । झुन्डियर ५२ जनाले, बिष सेवन गरी ५जनाले र पानीमा हामफाली २ जनाले गरी जम्मा ५९ जनाले आत्महत्या गरेका छन् । सवारीदुर्घटनामा परि १८ जना र कर्तब्य ज्यानमा ६ मरेका छन् । लागुऔषध दुब्यर्सनिका ५ वटा र बाल यौनदुरुपयोगको ५ वटा केश दर्ता भएको छ । बहुबिवाहको १० वटा र अभद्र ब्यवहारका २१ वटा केशहरु दर्ता भएका छन् ।
साथै घरेलु हिंसाका कारण ९७ जनाले निवेदन पेश गरेका छन् जस्मा ६६ जनाको मिलापत्र भैसकेका छन् भने १० वटा निबेदन मिलापत्र हुन नसकी सम्बन्धित निकायमा जाने भनि सहमति भएका छन् र बाँकि २१ जनाको भने आवश्यक ब्यक्तिहरु सम्पर्कमा नआएकोले निबेदन बांकि रहेका छन् ।
गत साउनयता नवलपुरका २१ महिला बलत्कृत, ५९ जनाले गरे आत्महत्या