पूर्वी नवलपरासीको गैडाकोटमा तिहारको बेला पासा खेलिरहेका ११ जनालाई गैडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति गैडाकोट नगरपालिका ८ स्थित छविलाल सुवेदीको घर पासा जुवा खेलिरहेका ११ जनालाई १ लाख २४ हजार ४ सय ९५ रुपैयाँ नगद सहित पक्राउ गरेको गैडाकोट प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ६ वटा पासा समेत बरामद गरेको जनाएको छ ।
प्रहरीले गैडाकोट ८ निवासी ५० बर्षीय छविलाल सुवेदी, ५३ बर्षीय हरिप्रसाद शर्मा, ५८ बर्षीय ढाकाराम भुसाल, ४० बर्षीय भिमलाल बम, ५१ बर्षीय कृष्ण दवाडी, गैडाकोट ४ का ६३ बर्षीय नन्द केवश शर्मा, ४० बर्षीय मुक्तिनाथ सिग्देल, ३९ बर्षीय रत्नबहादुर सुनार, २५ बर्षीय सरोज गयाजु, ३४ बर्षीय झलकबहादुर राना र गैडाकोट ८ निवासी ३० बर्षीय सुरज गुरुङ लाई पक्राउ गरेको छ ।