उत्तम कुमार थापा ,भाद्र ५ ।बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिकाकी उपमेयर बिष्टले एकल महिलाकाे पिडामा मलम लगाउदै आएकी छन । स्थानीय तहकाे निर्वाचनमा विजय पछि गाउँघरका समस्या जनसमुदायका पीडा बुझेर उपमेयर कविता बिष्ट समुदायमै गएर समस्याको समाधान गर्ने प्रयास गर्छिन । यतिबेला बर्षाकाे एक पटक आउने हरितालीका तिजकाे समयमा दर खाने र लुगा किन्ने रकम कटाएर उक्त रकमले खाद्यान्न किनेर समुदायको एकल महिलालाई सहयोग गरेकी छन् । शुक्रबार हरितालिका तिजको अवसरम उपमेयर बिष्टले एक अनौपचारिक कार्यक्रमका बिच वडिमालिका नगरपालिकाका एकल महिलालाई खाद्यान्न सहयोग गरी तिज मनाइन । बिष्टले नगरपालिका वडा नं २ की सिद्धा नेपाली, वडा नं ७ की नामसरा उपाध्याय र वडा नं ८ की गंगा थापाल चामल, तेल, नुन र लगायतका खाद्यान्न सामाग्री सहयोग गरिन । उनले तिज रमझम गरेर मनाए पनि साधारण गरेपनि आखिर प्राप्त हुने कुरा एउटै भएकाले एकल महिलाका लागि खाद्यान्न सहयोग गरेपछि केही दिनका लागि भएपनि उनिहरुला राहात हुने भएकाले आफुले आफ्नो तिज खर्च कटाएर र सहयोग गरेको उपमेयर बिष्टले बताएकी छ्न । अरु ठुलाबडा महिलाले तिजको दिन आफु रमझम भएर अरुलाई देखाउँछन् तर मनकारी वडिमालिका नगरपालिकाकी उपप्रमुखले आफुहरु गरिब महिलाहरुको छाक टार्न सहयोग गरेकोमा आफुहरु निकै खुसी भएको एकल महिला गंगा थापाले बताइन।उपमेयर बिस्टले आफुले आगामी दिनमा पनि आवश्यक पालिकाबासिलाइ सहयोग गर्ने कुरा समेत बताइन।
मनकारी उपमेयर विस्ट: आफ्नो तिज खर्च जोगाएर एकल महिलालाइ सहयोग