चितवन जिल्ला प्रहरी कार्यालय चितवनले र ५ लाख १७ हजार १ सय ७५ रुपैयाँ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरबाट बुधबार राती पक्राउ गरिएको हो ।
स्थानीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेली रहेको सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडा समेत वरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने हरुमा भरतपुर म.न.पा.५ वस्ने वर्ष ४२ को सुनिल कुमार क्षेत्री, वर्ष २८ को सन्तोष थापा, वर्ष २१ को सन्जय घले, वर्ष २८ को सन्तोष प्याकुरेल, बर्ष ३५ को कमल तामाङ, बर्ष सरोज अधिकारी, बर्ष ४४ को बिकास अधिकारी, बर्ष ४३ को लेख ब. गुरु, बर्ष ४० को पुर्ण ब. गुरुङ, बर्ष ४० को राज कु. गुरुङ,बर्ष ५० को कृष्ण ब. गुरुङ,बर्ष ३८ को प्रदिप सोडारी, बर्ष ३८ को राज कु. श्रेष्ठ, बर्ष ४१ को भुपेन्द्र श्रेष्ठ, बर्ष ५० को नन्द ब. गुरुङ, बर्ष ४१को योगेश्वर गौतम, बर्ष ४४ को तिलक नारायण श्रेष्ठ, बर्ष १८ को मनोज गौतम, बर्ष १८ को सन्तोष श्रेष्ठ, बर्ष ४७ को निलकण्ठ खरेल, बर्ष ४२ को योगेन्द्र मल्ल, बर्ष २८ को प्रजित ठकुरी, बर्ष २७ को बिकास मानन्धर, बर्ष २१ को उमेश सुनार रहेका छन्।
पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङले जानकारी दिनुभयो ।