पूर्वि नवलपरासीको गैडाकोट नगरपालिकाले आज एक दिनको लागि सम्पूर्ण सेवा बन्द गरेको छ ।
नगरपालिमा कार्यरत जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएसँगै आज कार्तिक २३ गतेको दिन नगरपालिका कार्यालयले प्रदान गर्ने सम्पुर्ण सेवा सुविधाहरु बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसालले हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नगरपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको हुदाँ कात्तिक २१ गते शुक्रबार १२४ जनाको स्वाब संकलन गरि पोखरा पठाइएको स्वाबको नजिता प्राप्त नभएकोले सेवाग्राहीको स्वास्थ्य लाई मध्यनजर गर्दै नगरपालिकाले १ दिनको लागि सेवा बन्द गरेको बिज्ञाप्तिमा जनाइएको छ ।
नगर अस्पताल पितौँजीघाटको आकस्मिक र प्रसुती बाहेकका अन्य सेवा आज बन्द रहने र यसदेखि सेवाग्रहिमा पर्ने असरप्रति क्षमाप्रार्थि रहेको नगरपालिकाले जनाएको छ ।
गैडाकोट नगरपालिकाले गर्यो आकस्मिक बाहेकका अन्य सेवा बन्द