कावासोती,कार्तिक १८। कावासोती १ का विभिन्न सार्वजनिक स्थल तथा खेलमैदानलाई युवाहरुले लागुपदार्थ सेवन गर्ने जंसनको रुपमा प्रयोग गर्न थालेपछी कावासोती १ का स्थानीय वासिन्दा चिन्तित भएका छन।पछिल्लो समयमा दुर्व्यसनमा फसेका युवाहरुले शिवमन्दिर खानेपानी तथा सरसफाइको कार्यालय नजिक रहेको खेलमैदान,लोकाहा खोला नजिकको ढिक,जंगल आसपासका क्षेत्रहरुमा लागू पदार्थ सेवन गरि ग्यांग फाइट गर्ने,दिउसै बाटोमा आवतजावत गर्नेलाई दुर्व्यवहार तथा लुटपाट समेत गर्ने थालेपछी कावासोती १ रिठेपानी आसपासका स्थानीय बासिन्दा आतंकित भएका छ्न।
घटनाबारे जिल्ला प्रहरी कार्यालय कावासोतिमा बारम्बार जानकारी गराउदा समेत प्रहरीले उचित चासो दिएर नियन्त्रणमा खासै कदम नचालेको र नियमित गस्ती समेत नगर्दा समस्या दिन प्रतिदिन विकराल हुँदै गएको स्थानिय युवा सानू पुलामी मगरले बताए।युवाहरु लागू पदार्थको लतमा लाग्दा आफ्नो संगै परिवारको समेत भविस्य नराम्रो दिशातर्फ लगिरहेको र यसले समाजमा समेत नराम्रो असर परेको भन्दै समस्या समाधानको लागि वडा कार्यालय ,स्थानिय र प्रहरि सबै मिलेर लाग्नु पर्ने स्थानिय आर्का युवा धन(भोला) बहादुर थापा मगरले बताए।
लागुपदार्थको लतमा फस्दै कावासोती १ का युवा,प्रहरीले वास्ता नगरेको स्थानीयको गुनासो