कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण थला परेका बाराका केरा किसान अहिले थप समस्यामा परेका छन् । बिचैलियाले आफुखुसि केराको मुल्य निधारण गरेर केरा किन्दा केरा किसान समस्यामा परेका हुन् । कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका वेला केराको मुल्य नपाउदा किसानहरु समस्यामा परेका हुन् । केरोले स्थानिए बजार नपाउदा बाराका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेपछि बारा निजगढका किसान अहिले आफै सडकमा पुगेर केरो बेच्न बध्य भएका छन । गत चैतदेखि नै स्थानीय उत्पादनको आपेक्षकृत रुपमा बजारीकरण हुन नसकेको बेलामा बारा निजगढ नगरपालिका सिंगैलका स्थानीए केरा किसानले उत्पादन गरेका केरा किसानलेनै सडकमा लगेर बच्दा किसानले राम्रो मुल्य पाएको र बिचैलिया समेत निरेसाईत भएको स्थानिए किसान जित बहादुर लोप्चनले बताए । केरा खेतीबाट मनग्य आम्दानी गर्ने आशमा लगानी गरेका बारा निजगढका केरा किसान अहिले निराश बनेका छन् ।
केरा ब्लकबाट बिकसित हुदै केरा जोनमा आईपुग्न लागेको बाराको निजगढ नगरपालिकाका केरा व्यावसायीका केरा खेतमा नै अहिले कमी हुदैँ आएको छ । बिचैलियाले किसानको बारिबाट दुई रुपैया प्रति कोसा केरा दिने गरेका कारण घटामा रहेका किसानले अहिले आफ्ने बारिका केरा आफैले बच्दा मनग्य आम्दानी भएको केरा किसान बिनय राईले बताए । नगदेवाली उखुखेति गर्दै आएका यहाँका किसानले चिनीमीलहरुले समयमा भुक्तानी नदिएपछि पछिल्लो समय पेशा परिबर्तन गरी केरा खेतितर्फ आकार्षित हुदै आएका थिए । निजगढ नगरपालिका भित्र मात्रै करिव १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक केरा खेती गर्दै आएका छन् । केरा ब्लकबाट बिकसित हुदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिव १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक केरा खेती गर्दै आएका छन् । प्रति बिघाह दुई देखि तीन लाख सम्म मुनाफा लिदै आएका किसानहरुले केराको मुल्य नपाएपछि चिन्तीत बनेका हुन् । अन्य बालीको तुलनामा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुने गरेको किसानहरु बताउँछन् । केरा व्यापारीहरुले खेत बारी मैं आएर उत्पादन उठाईदिने र हातोहात नगद पाईने हुदा यो व्यावसाय बाराका निजगढ र अन्य पालिकामा फस्टाउदै आएको छ ।
लकडाउन र निषेधाज्ञाका कारण बाराका केरा किसान थप समस्यामा