पूर्वी नवलपरासी वर्दघाट सुस्ता पुर्वमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षण क्रममा थप१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो
कोरोना संक्रमण पुष्टि हुनेमा गैंडाकोट नगरपालिकाका ३ जना महिला र ५ जना पुरुष गरी जम्मा ८ जना , देवचुली नगरपालिकाको २ जना पुरुष, कावासोती नगरपालिकाका२ जना महिला र १ जना पुरुष गरी जम्मा ३ जना, मध्यविन्दु नगरपालिकाका १ जना ४० बर्षिय पुरुष र हुप्सेकोट गाउँपालिकाको १ जना २९ बर्षिय पुरुष रहेका छन ।
सबै संक्रमितहरुको चितवन मेडिकल कलेज चितवनको फिभर क्लिनिकबाट पहिचान खुलेको हो । सबै सङक्रमितहरुलाई आइसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५०४ पुगेको छ ।
नवलपुरमा आज थप १५ जनामा सङक्रमण