जिल्लामा थप १७ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् ।
बाँकेमा रहेका विभिन्न आइसोलेसनबाट थप १७ जना निको भइ डिष्चार्ज भएका हुन । जसमा मध्ये ११ जना पुरुष र ६ जना महिला रहेका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ३९ पुगेको छ । आइसोलेसनमा अब ६०५ जना छन् ।