काठमाडौं कार्तिक २ । कोरोना संक्रमण भएर अवस्था शुरुमा सामान्य भनिएका रापपा अध्यक्ष कमल थापा पछि टाउको दुख्ने, ज्वरो आउने र सास फेर्न गाह्रो हुन थाले पछि ओम अस्पतालमा भर्ना भएका छन् । शनिबार भर्ना भएका थापालाई आईसियुमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ । उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा.विश्वनाथ कोईराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिष्ट डा.सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली संलग्न रहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । थापा गत शुक्रबार संक्रमित भएका थिए ।
कोरोना संक्रमित कमल थापा आइसियुमा