नवलपुर।नवलपुरको दाउन्ने र बर्दघाटको सिमा क्षेत्रमा सवारी दुर्घटना हुदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।बर्दघाटबाट दाउन्नेतर्फ आउदै गरेको ट्रीपर र उहीँ दिशामा जाँदै गरेको मोटरसाइकल ठक्कर खादा विनयी त्रीवेणी गाउपालिका दाउन्ने निवासि अन्दाजी २७ बर्सकी महिलाको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन।ग १ क ४३८६ नम्बरको ट्रीपर र स्थानीय व्यक्तिको मोटरसाइकल दुर्घटना भएको हो।घटनापछि अहिले दाउन्नेको अवस्था तनाबग्रस्त रहेको छ।स्थानीयहरुले ट्रीपर चालकलाई कारबाही माग गरिरहेका छन।घटनाबारे बिस्तृत विवरण भोलीमात्रै आउनेछ।
सवारी दुर्घटनामा दाउन्नेकी एक महिलाको मृत्यु