भदौ २ पोखरा । गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै मंगलबार दिउँसो साढे २ बजेसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६५ पुगेको छ । संक्रमण पुष्टि हुनेमा नवलपुर बर्दघा सुस्ता पूर्व, कावासोती नगरपालिका–२ का ३५ वर्षका पुरुष रहेका छन् । यस अघि मंगलबार बिहान ५ ः ४० बजे स्वास्थ्य निर्देशनालयले थप ८ जनामा कोरोना संक्रमणको पुष्टि गरेको थियो । जस अन्र्तगत कास्कीको पोखरा महानगरपालिकाका वर्ष २५ र ५० का दुई जना महिला, वडा नं– ६ का २३ र २८ वर्षका दुई जना पुरुष, नवलपुर सुस्ता पूर्व कावासोतीका वर्ष १४ र ३७ वर्षकी महिला र बाग्लुङको बरेङका २५ वर्षका पुरुष र ६ वर्षिया बालिका रहेकी छन् । आजनै पोखराको कास्की सेवा अस्पतालमा उपचाररत तनहुँको व्यास नगरपालिकाकी ५० वर्षकी महिला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत पोखरा–१६ का ८७ वर्षका कोरोना संक्रमित पुरुषको निधन भएसंगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा मंगलबार थप ९ जनामा कोरोना संक्रमण