पोखरा, २ भदौ।
पोखरा महानगरपालिकामा कोरोना संक्रमित बढ्दै जिल्ला प्रशासन कार्यालय कास्कीले ५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । पोखरा महानगरको कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समितिले भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सोमबार सिफारिस गरेको थियो । मंगलबार बिहान बसेको जिल्ला संकट व्यवस्थपान समिति कास्कीले भदौ ७ गते सम्म कास्की जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । मंगलबार राति १२ बजे देखी भदौ ७ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
कास्कीमा मंगलबार रातिदेखि पाँच दिनलाई निषेधाज्ञा