असोज १६, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनी लगायत पत्नी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपति कार्यालयका चिकित्सकले बताएका छन् । ट्रम्पले पनि ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टाइनमा बस्ने लागेको बताएका छन् ।
आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि चुनावी अभियानमा रहेका ट्रम्प कति दिन क्वारेन्टाइनमा बस्छन् भने बारेमा यकिन नभएको सीएनबीसीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
यसअघि कोरोना भाइरसको बारेमा आलोचनात्मक प्रतिक्रिया दिंदै आएका ट्रम्पले आफूहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जाल द्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने देखिएको छ । अमेरिकाको विभिन्न राज्यमा अहिलेसम्म ७ दशमलव २ मिलियन नागरिकलाई कोरोना संक्रमण भएको छ भने संक्रमणका कारण २ लाख ७ हजारको मृत्यु भएको छ ।
एजेन्सी