भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ।विश्वनै कोरोना महामारीको चपेटामा परिरहेको अवस्थामा पछिल्लो समयमा धेरैजसो रास्ट्रहरुमा संक्रमण दर घट्दै गएको वा नियन्त्रणमा रहेको भएपनी भारतमा भने अवस्था फरक अनि डरलाग्दो रहेको छ। भारतमा एकैदिनमा ७० हजार एक सय एक संक्रमित थपिएका छन्। कोरोना भाइरसको महामारी फैलिएयता बुधबार एकैदिन सबैभन्दा धेरै संक्रमित फेला परेका हुन्। भारतमा हालसम्म २८ लाख ३३ हजार १५ जना संक्रमित भएका छन्, ५३ हजार नौ सय २९ को भाइरस संक्रमणबाट मृत्यु भएको छ।
भारतमा एकैदिन ७० हजार बढी कोरोना संक्रमित