सचिन विश्वकर्मा ,माघ /२९।
नवलपुरमा आज एक पुरुष आत्महत्या गरेको अवस्थामा फेला परेका छन।
नवलपरासी बर्दाघाट सुस्ता पुर्व नवलपुरको कावासोति नगरपालिका १६ डण्डा बाइसघरे का टंकराज गिरीको आज घर पछाडि करिब ५० मिटरको दुरिमा रहेको बकेना को रुखमा झुन्डिएको अवस्थामा विहान ५ बजेको समयमा फेला परेको स्थानीयबासीले जनाएका छन् ।
विगत लामो समयदेखि केरा व्यवसायमा निरन्तरता दिइ व्यवसमयिक रुपमा सफल हुनुभएका गिरी विना कारण आत्महत्या गरेको इलाका प्रहरि कार्यालय डण्डा ले जानकारी दिएको छ।
गिरीको पोष्ट मार्टमको लागि जिल्ला मध्यविन्दु अस्पताल लगेको अस्थायी प्रहरि पोष्ट डण्डाका राकेश कुमार ठाकुरले बताउनु भएको हो।