" मान्छे,बादल र नदि "
बोल्दै नबोली
आँफ्नै किनारहरु सँग
एक्कोहोरो बगिरहन्छ नदि
बाटो बिराएर कहिल्य
बाटो हराएर कहिल्य
बगिरहन्छ अबिरल
टाढा कतै
बिरानो सहर तिर
आँफ्नै आकार छैन भने
थरी थरी
घरी घरी
आकार बदल्न
अभिसप्त हुनु पर्छ
नदिको पानीले जस्तो
बादलका बथानले जस्तो
आफ्नै सपना छैनन भने
प्रायोजित सपना देख्नु पर्छ
पैंचो मागेर एक मुट्ठि हावा
फोक्सो चलाउनु पर्छ
मुटु धटकिन आदेश पर्खनु पर्छ
यसरी नै जिन्दगि बाँच्न
प्रोग्रामिङ गरिएको हुन्छ
सफ्टवेयर राखिएको हुन्छ
आलुबारीबाट बुख्याँचा उठाएर
मान्छे जस्तै दुरुस्त पारिए जस्तो...
आँफ्नै आकार नभएर पनि
आँफ्नै सपनाहरु नभएर पनि
आँफ्नै रहर नभएर पनि
बाँच्न अभिसप्त छ
मान्छे
नदिको पानी जस्तो
आकाशको बादल जस्तो
तिमी जस्तो
म जस्तो ।
मान बहादुर खड्का - दोलखा