कावासोती ,नवलपुर,श्रावण २७।
नवलपुरको कावासोती नगरपालिकामा रहेको नर्मदेश्वर शिवालयमा आज सरसफाइ कार्यक्रम सप्पन्न गरिएको छ। रोटरी क्लब अफ कावासोती र रोट्र्याक्ट कल्ब कावासोतिको संयुक्त आयोजनमा कार्यक्रम संम्पन्न गरिएको हो।
विशेषगरी श्रावण महिनामा शिवालय मन्दिरमा धर्मावलम्बीहरुको भिडभाड हुने हुदा मन्दिर तथा मन्दिर परिसरलाइ सफा राख्नका लागि श्रावण महिनाको सुरुवात देखिनै सरसफाइ कार्यक्रम संचालन गरिएको रोटरी कल्ब अफ कावासोतिका अध्यक्ष भोजराज दाहालले बताए।
आफुहरुले यसअघि पनि ३ पटक मन्दिर सरसफाइमा जुटेको जानकारी दिदै रोटरी र रोट्रयाक्ट कल्ब सधै सामाजिक कार्यमा अग्रपंक्तिमा रहेको पनि बताए।