रन्जीत शर्मा / नवलपरासी/ १२ असोज । पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिका वार्ड न० ३ सोमनी मा गर्भवती तथा सुत्केरी महिलालाई हाइजिन कीट तथा आवश्यक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रतापपुर गाउँपालिकाकाे समन्वय, ईन्द्रेणि सामाजिक विकास मञ्च नवलपरासी पश्चिमकाे अायाेजना तथा अष्ट्रेलियन एड एवम् यु यम न (UMN) काे सहयाेगमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई हाईजिन कीट एवम् अावश्यक साम्रगी वितरण कार्यक्रम प्रतापपुर गाउपालिकाका कार्यबाहक अध्यक्ष अन्जु चौधरीको प्रमुख अतिथिक्तामा सम्पन्न भएको छ ।