असोज ३ पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा नवलपुर वर्दघाट सुस्ता पूर्व, पर्वत, स्याङ्जा र लमजुङका व्यक्तिहरुमा संक्रमण देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । नवलपुरको बुङलिङटार र हुप्सेकोटका ११ जना, पर्वतको कुस्माका २ जना, स्याङ्जाको फेदीखोला र लमजुङको मध्यनेपालका एक–एक जना छन् । संक्रमण हुनेमध्य कुस्माका एकजना नेपाल आर्मीमा कार्यरत छन् । यस्तै नवलपुर हुप्सेकोट–५ की महिला स्वास्थ्य स्वयमसेविका रहेको निर्देशनालयले जनाएको छ । यो सहित प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३५१ पुगेको छ ।
गण्डकीका ४ जिल्लाका १४ जनामा कोरोना पुष्टि