[आज मिति २०७७ साल असोज १ गते बिहिबार । तदनुसार सेप्टेम्बर १७ तारीख । नेपाल संवत ११४०]
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : गरिरहेको कार्यमा सामान्य परीर्वतनको सम्भावना रहेकोछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आफुभन्दा सानाको स्वास्थमा खराबी उत्पन्न हुन सक्नेछ । मध्यान पश्चात भने तपाईका शुभ चिन्तकहरुको संख्या बढ्नेछ भने शत्रुपक्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भावना रहेको छ । पारिवारिक झोरझमेलाले सताउन सक्नेछ । मध्यान पश्चात प्राकृतिक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ लिन सकिनेछ । बौद्धिक व्यक्तित्वसँगको भेटघाटले मन हर्सित तुल्याउला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : पराक्रममा बृद्धि हुनेछ । प्रिय मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहला । प्रतिष्पर्धा मुलक कार्यमा तपाई अब्बल रहनु हुनेछ । मध्यान पश्चात गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उत्पन्न हुनेछ । पारिवारिक साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : तपाईको बाणीको गलत अर्थ लाग्न सक्छ बोल्दा होश पूर्याउनु होला । लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ । मध्यान पश्चात दाजुभाई तथा ईष्ट मित्र बिचको सम्बन्धमा सामान्य खराबि देखा पर्नेछ । कुराकाट्ने व्यक्तिहरुबाट भने सजग रहनु होला । सामान्य यात्राको योग रहेको छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । व्यापार व्यवसायको निम्ति राम्रो समय रहेको छ । मध्यान पश्चात बाणीका कारण आफन्तजनहरु रुष्ट रहनेछन् । पठनपाठनमा राम्रो समय रहेको छ । भोजभतेरमा सरिक हुने अवसर प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । अरुको छीटो बिश्वास गर्ने बानीको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । मध्यान पश्चात पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । आर्थीक क्षेत्र मध्यम रहनेछ । मध्यान पश्चात अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भावना रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोगबाट काममा बिशेष फाईदा हुनेछ । सामान्य कार्यमा ज्यादा समय ब्यतित हुनसक्नेछ । मध्यान मणपश्चात बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । मध्यान पश्चात कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : अरुको दबाबको अनुभव हुन सक्नेछ । स्वास्थमा देखा परेको गडबडीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । मध्यान पश्चात दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्रा कारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । मध्यान पश्चात सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : अरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसिएला सजग रहनु पर्ने समय रहेको छ । अपरीपक्क निर्णयले तपाईलाई गलत साबित गर्न सक्नेछ । मध्यान पश्चात अरुद्वारा सम्पादित कार्यबाट यथेष्ट फाइदा लिन सकिनेछ । बाक चातुर्यताको कारण नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ ।