[आज मिति २०७७ साल भाद्र ३० गते मंगलबार । तदनुसार सेप्टेम्बर १५ तारीख । नेपाल संवत ११४०]
मेष राशि (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) : लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । घरायसी कलह बढ्ने योग छ । आजको शुभ अंक ४ रहेको छ ।
वृष राशि (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : साझेदारीको काममा संकट आउँनेछ । प्रेम गर्नेहरुको लागि आजको दिन शुभ हुनेछ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । आजको शुभ अंक ७ रहेको छ ।
मिथुन राशि (का,की,कू,घ,ङ,छ,के,को,हा) : चोटपटक लाग्ने योग छ । शारीरिक, मानसिक पिडा बढ्नेछ । तातो रिस गर्नाले काम बिग्रिनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । आजको शुभ अंक २ रहेको छ ।
कर्कट राशि (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन् । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला । समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ । आजको शुभ अंक ५ रहेको छ ।
सिहं राशि (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : आर्थिक संकट पर्ने देखिन्छ । गुप्त रोगले सताउने छ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । व्यापारमा हानी हुने योग छ । लामो दूरीको यात्रा नगर्नुहोला । आजको शुभ अंक १० रहेको छ ।
कन्या राशि (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) : आर्थिक संकट पर्ने देखिन्छ । खानेकुरामा विचार पुराउनु होला । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । सानातिना कामको झमेला आउनसक्छ । आजको शुभ अंक ४ रहेको छ ।
तुला राशि (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : किनमेल गर्दा सजग रहनु होला झुटको आरोप लाग्न सक्छ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक राशि (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : शिक्षा क्षेत्रमा अवरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आजको शुभ अंक ८ रहेको छ ।
धनु राशि (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : आफ्नै बुद्धि विवेकले गरेको काम सफल हुनेछ । आफन्तको विश्वास पर्दा धोका हुनेछ । अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला । आजको शुभ अंक ६ रहेको छ ।
मकर राशि (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ । शत्रु हावी हुनेछन् । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ राशि (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : गोपनीयतामा ख्याल गर्नु होला । यात्रा घातक बन्ने छ । साथीभाइको विश्वास पर्दा आत्मा घाती हुनेछ । खानेकुरामा विचार पुराउनु होला । आजको शुभ अंक ९ रहेको छ ।
मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : दाजुभाईबीच मनमुटाव हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । अध्ययनमा सुधार सफल भइनेछ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । बोलीको अनर्थ लाग्न सक्छ । आजको शुभ अंक ३ रहेको छ ।