[आज मिति २०७७ साल भाद्र २४ गते बुधवार । तदनुसार सेप्टेम्बर ९ तारिख । नेपाल सम्वत् ११४०]
मेष राश (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : समय राम्रो रहेकोले सानो प्रयासले महत्वपुर्ण उपलब्धि हासिल हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानीमा अवसर आउँनेछन् । खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ । माया प्रेममा देखिएका तित्तताहरुलार्ई चिर्दै बिश्वासबो वातावरण सिर्जना गर्न सकिनेछ । अध्ययनमा उल्लेख्य सुधार हुने तथा नतिजामो नजिक पुग्न सकिनेछ ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : राजनीति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अविश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजनसँग राय बाजिनेछ । आर्थिक अभावमा विभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यवसायमा समय लगानि गरेपनि आम्दानी कमनै हुनेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझावलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : व्यापार व्यवसायमा वृद्धि भई मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । विद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट व्याक्तिहरुसँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : व्यापार व्यवसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानी हुँदा मन प्रसन्न रहने तथा थप लगानी बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिससँग रमाईलो जमघटमा सामेल हुन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङ्गीन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तव्य पहिल्याउँन सहज हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाव बढ्नेछ । सवारि साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिँदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : अन्य क्षेत्रमा ध्यान जादा पढाइ लेखाइमा अरुभन्दा पछि परिन सकिन्छ । लामो दुरिको व्यावसायिक यात्रा हुँने भए पनि उपलब्धि न्यून हुँने तथा खर्च बढ्ने हुँदा मन खिन्न हुनेछ । भौतिक साधन तथा धन सम्पति हात लाग्ने भएपनि सहिरुपमा प्रयोग गर्न नजान्दा दुर्घटना हुँन सक्छ ध्यान दिनुहोला । पारिवारिक माहोलमा दिन बित्ने तथा स्वादिष्ट भोजन खाने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ख्याल गर्नुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : शाहसी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनी गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : पढाई लेखाई सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । स्वास्थ्यले साथ दिने हुँदा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिचको सम्बन्ध सुमधुर हुनेछ । राजनितिमा समय लगानी गर्नेहरुले जनताको काम गर्न सक्दा पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बल तथा बुद्धिको प्रयोग गरि फाईदा लिन सकिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बढ्नले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्रसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : प्रेम प्रसङ्गमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको विषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् ।