हृदयमा दुधकोशी शिरमा सगरमाथा अन्नपूर्ण उभिएझै मेरी धर्तीमाता।
दाहिने हॉंतमा धानको बाला देब्रे हातमा दहि हिमचुलीमा मुस्कुराउने तिम्रो मुर्ती उहि ।
हिमाललाई लगाइदेउ इन्द्रेणिको हार संसारलाई सुनाइदेउ नेपालको प्यार।
बाली बाली बयेलीमा तिम्रो लिला डुल्छ तिम्रै रुप सम्झिएर बुकि फुल फुल्छ ।
नेपालको फुलबारीमा नौलो फुल रोप पहाडका पहरामा प्रिती लेख खोप।
हॉंत बिसॉउ आमा,नयॉ फुल रोप्छु तिम्रो साटो प्राण भन्दा प्यारो लाग्छ यहि देशको माटो।
माया दिने छाया तिम्रो जिवन दिने अन्न फेरी पनि पॉउ आमा तिम्रै कोखमा जन्म।
कृतिका कंडेल,कावासोती १ नवलपुर