
१८, मंसिर २०७९ आइतबार
ध्रुव जंग थापा-पोखरा
लाईन्स क्लव अफ पोखरा अन्तर्गतका लाईन्स क्लव अफ पोखरा पिपल चौतारी, लाईन्स क्लव अफ पोखरा सित्तल चौतारी, लाईन्स क्लव अफ राइजिङ संघ र लाईन्स क्लव अफ समर्पितले क्यान्सर पिडित पोखरा भण्डारढिक-२९ निवासी हिमा कुमारी आले मगर (हिमा) लाई, मेघा हेल्थ डिपार्टमेन्टका चिफ ढाका कुमार श्रेष्ठको उपस्थितिमा आर्थिक सहयोग गरिएको छ।
बिगत तीन बर्ष देखी क्यानसर रोग बाट पिडित महिमा आलेको हाल जि.एम.सि. मा उपचार भईरहेको छ भने उनी पाठेघर क्यान्सको चौठो चरणमा छिन। परिवारिक अवस्था अत्यन्तै कमजोर रहेको आलेको श्रीमान बितेको १ बर्ष भयो भने हाल उनी ९ बर्षको छोरा र बुढा बुबाको साथमा बसोबास गर्दैआएकी छिन। भने उनको बुबा पनि हाल क्यान्सर पिडित भई किमु थेरापीको चरणमा हुनुहुन्छ।
आर्थिक सहयोग हस्त्रान्तरण कार्यक्रममा लाइन्स क्लव अफ पोखरा पिपल चौतारी,लाइन्स क्लव अफ पोखरा सित्तल चौतारी, लाइन्स क्लव अफ राइजिङ संघ र लाइन्स क्लव अफ समर्पितका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।