उमेश बि.क / नवलपरासी ,१८ भदौ काेराेना महामारीकाे विषम परिस्थितिमा ज्यालादारी , असहाय ,गरिबकाे रेखामुनि रहेका ,जसलाई बिहान कमाएर साझ खाने एक छाक टार्नलाई धाैँ धाैँ हुने त्यस्ता ब्यक्तिका लागि राष्ट्रिय युवा संघ र अनेरास्ववियू नवलपरासीले फुड बैंकमा खाद्यान्न सहयोग गरेका छन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ६ मा हेमलेट ग्रुपकाे आयोजनामा सन्चालित फुड बैंक कार्यक्रम राष्ट्रिय युवा संघ र अनेरास्ववियू नवलपरासी ले खाद्यान्न सहयोग गरेको हाे। सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै अहिले कोरोना महामारीको विषम परिस्थितिमा औपचारिक कार्यक्रम गर्न नसकिने भएकाले खाद्यान्न सामाग्री सहयोग गरिएको नेकपा कार्यलय सदस्य बिमला अर्याल बताए । उनका अनुसार खाद्यान्न सामाग्री ३५,००० बराबरको चामल, दाल , नुन , तेल , सोयाबिन,आटा लगाएतको सामाग्री सहयोग गरिएको हाे।
नेकपा कार्यलय सदस्य बिमला अर्यालकाे प्रमुख आतिथ्यतामा गरिएको खाद्यान्न सहयोग कार्यक्रममा थान प्रसाद गैरे, केशव भण्डारी , नेकपा जिल्ला कमिटि सदस्य रेशम शर्मा ,अनेरास्ववियू जिल्ला संयोजक शुसान्त घिमिरे, युवा सघं नेपाल जिल्ला सहसंयोजक दिपक राना ,युवा संघ नेपाल सुनवल नगर सहसंयोजक बिनोद पाण्डे लगाएतले काेराेना भाइरसकाे महामारीमा देशमा एक प्रकारको बिपद् आएको हुनाले यसमा सबैले सहयोग गर्न आवश्यक भएको र जसकाे आर्थिक अवस्था कमजोर छ त्यसले मात्र राहत प्याकेज लिनु नै सबैको हित बताउदै यश बिपतकाे घडीमा हामी सम्पूर्ण राजनीति दलका प्रतिनिधि ,समाजसेवी ,समाजिक अभियान्ता ,उद्योगी, व्यवसायी तथा स्थानीय निकायका जनप्रतिनिधिहरु मिलि जनताको समस्या समाधान तिर लाग्न एकदमै जरुरी रहेको कुरामा जाेड दिए। खाद्यान्न सहयोग कार्यक्रममा युवा तथा विद्यार्थी नेता निरज पौडेल , राजु ढकाल , बिमल वगाले , सन्देश कोइराला , सन्जय मौर्य , बिनोद पुन , गणेश गैरे , सन्देश न्यौपाने , निरुता गैरे , अर्जुन सुर्यवंसी , जिपि न्यौपाने लगाएतकाे सहभागीता रहेको थियाे ।
फुड बैंकलाई अनेरास्ववियूको खाद्यान्न सहयोग