श्रावण १,कावासोती । सामाजिक संस्था हाम्रो संसारले जिल्ला साखा बिस्तार तथा समिती गठन कार्य सम्पन्न गरेको छ । २०७६ मंसिर २० गते बागलुङमा दर्ता भैइ सन्चालनमा आएको यश सस्थाले आफ्नो कार्य छेत्र बिस्तार गर्ने क्रममा शुक्रवार नवलपुरमा जिल्ला साखा बिस्तार तथा १३ सदस्यीय कार्य समिती चयन गरेको छ ।। दुम्कौली सि जि मन्दिर परिसरमा सम्पन्न जिल्ला साखा बिस्तार तथा समिती गठन कार्यक्रममा सर्वसम्मत रुपमा पुजा श्रेष्ठको अध्यक्षतामा १३ कार्य समिती चयन भएको हो जसमा बरिस्ठ उपाध्यक्ष गोबिन्द केसि,उपाध्यक्ष जुना पौडेल सचिव सुलोचना शर्मा ,सह सचिव सीता कुवँर,कोषाध्यक्ष सुदिप आचार्य,सदस्यहरुमा स्यान्ड्रोज अधिकारी ,शोभा न्यौपाने,सुस्मा शर्मा,प्रमिला पाठक,विकास रानाभाट ,राजु अर्याल छेत्री र बिजय न्यौपाने चयन भएका छन । कार्यक्रममा केन्द्रिय सदस्य किस्मत पौडेल,बिमल अधिकारी सहयोगी सस्थाका अध्यक्ष ओमकार घिमिरे,रोट्याक कावासोतिका उपाध्यक्ष गोबिन्द सिग्देल,कलाकार दिपक काफ्ले,लियो गैडाकोटका कोषाध्यक्ष गोबिन्द केसि उपस्थित रहनु भएको कार्यक्रमको सहजीकरण तिर्थ राज काफ्लेले गर्नुभएको थियो ।
सामाजिक संस्था हाम्रो संसारको नवलपुर जिल्ला शाखा विस्तार