काठमाण्डौ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ
बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी सङ्गठनका बारेमा छलफल हुने नेता देव गुरुङले जानकारी दिनुभयो ।
बैठकमा सरकार लाई दिएको समर्थन फिर्ता तथा नयाँ समीकरणका बारेमा पनि छलफल हुनेछ ।
अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता भङ्ग गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिए पछि माओवादी केन्द्र नयाँ सरकार बनाउने कसरतमा जुटेको छ ।