अमेरिकामा प्रहरीको गोली लागेर एक अश्वेत नागरिकको मृत्यु भएको छ ।
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गर्ने क्रममा प्रहरीको गोली लागेर मिनसोटाको ब्रुकलिनमा २० वर्षका डन्टे राइटको मृत्यु भएको बीबीसीले जनाएको छ ।
प्रहरीले गल्तीवश गोली चलेको जनाएको छ । तर घटनापछि प्रदर्शन र लुटपाटका घटना भइरहेका छन् । तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
अमेरिकाका मिनसोटाको मिनियापलिस र सेन्ट पलमा आपतकाल घोषणा गरिएको छ । ती सहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।