देवचुली,
देवचुली नगरपालिका कृषि विकास शाखाको आयोजनामा देवचुलीका एग्रोभेट संचालकहरु सँग एक दिने अन्र्तक्रिया गोष्ठी सम्पन्न भएको छ ।बिहिबार देवचुली नगरपालिकामा एग्रोभेट संचालकहरुले किसानलाई प्रयोग गर्न दिएको विउविजनको हालको अवस्था, खुद्रा विषादी बिक्रीमा हालको अवस्था, मकैमा लाग्न सक्ने फौजिकिराको अवस्था, अनुदानमा पाएको मल बिक्री वितरणको अवस्था जस्ता विभिन्न विषयमा अन्तरक्रिया गोष्ठी गरिएको थियो । 
अन्तरक्रिया कार्यक्रममा देवचुली कृषि विकास शाखा प्रमुख नरेन्द्र भण्डारीले जनताले विषादी रहित तरकारीहरु प्रयोग गर्नुपर्ने र त्यसको लागि किसानहरुले मलको प्रयोग बढि मात्रामा गर्नुपर्ने बताउनुभएको थियो । भण्डारीले देवचुली नगरपालिकाका प्रत्येक वडामा रहेका एग्रोभेटहरुसँग जोडिएर त्यहाँका किसानलाई जुनसुकै समयमा मल, विउविजन र औषधीहरु वितरणमा सहजता होस भन्ने उद्धेश्यले त्यसअगाडि बढिरहेको बताउनुभयो ।
उहाँले देवचुलीका किसानहरुले अब सजिलै मल प्राप्त गर्न सक्ने बताउनुभएको थियो । उहाँले चैत देखि नगरपालिकाले तोकेकै मूल्यमा मल प्राप्त गर्न सक्ने बताउनुभयो । उक्त कार्यक्रममा देवचुलीका विभिन्न क्षेत्रमा रहेका एग्रभेट संचालकहरुको उपस्थिती रहेको थियो ।