भिम भुसाल,नवलपुर । नवलपरासी वर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्राम अगाडी अब्यवस्थित रहेका सवारीलाई समुदायले हटाएको छ । समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिरहदा चौधरी उद्योगको लागि आएका सवारीले समुदायमा प्रदुषण बढाएको भन्दै स्थानियले उद्योग अगाडिका सवारीलाई हटाएको हो । लकडाउनको समयमा चौधरी उद्योगको लागि सामाग्री ओसारपसार गर्ने सवारी समुदायमा महिनौदेखि होल्डमा बस्दा प्रदुषण बढाएकाले स्थानियले हटाएको शान्ती टोल सुधार समितिका अध्यक्ष गंगाधर सुवेदीले बताए । उद्योगले भने ग्रैह जिम्मेवारीपूर्ण तर्क दिएको सुवेदीको आरोप छ । मालसामान ओसारपसार गर्ने सवारीलाई चौधरी उद्योगले नबोलाएको बताएपछी उद्योगकै लागि सामान बोक्ने सवारी समुदायमै रोकिन बाध्य भएका थिए । समुदायमा प्रदुषणसँगै कोरोनाको त्रास बढ्न थालेपछी नारायणी टोल सुधार समितिका अध्यक्ष बिनोद सिलवाल, देवचुली होटल ब्यवसायिसंघ प्रतिनिधी रोशन पौडेल, शान्ति टोल सुधार समितिका प्रतिनिधी लगाएतका स्थानियले अब्यवस्थित रोकिएका ५० देखि ६० ट्रकलाई उक्त क्षेत्रबाट हटाएका छन् ।
चौधरी उद्योग अगाडीका सवारीलाई समुदायले हटायो, उद्योगप्रती स्थानियको असन्तुष्टी