देवचुलीमा दोस्रो चरणको कोभिड १९ बिरुद्धको खोप अभियान सम्पन्न भएको छ। फाल्गुन २३ गते बाट सुरु गरिएको खोप अभियान २९ शनिबार सम्पन्न भएको हो। नगरपालिका भित्र ११ खोप केन्द्र स्थापना गरि ४१ सेसनमा खोप अभियानलाई संचालन गरिएको थियो। अभियानमा जम्मा १ हजार ७ सय ५८ जनाले कोभिड १९ बिरुद्धको खोप (कोभिशिल्ड) लगाएका छन्। 
यस अभियानमा सहभागी भई खोप लिनेको उल्लेखित संख्या जम्मा ५० प्रतिशत रहेको देवचुली नगरपालिकाका शि अ हे व शिव पराजुलीले ह्याप्पी टाइम्सलाई बताएका छन्। नेपाल सरकारले बिभिन्न चरण गरि संचालन गरेको छ। यस अभियानमा मनगढ़न्ते डरको कारण सोचे अनुरुपको सहभागीता नभएकोमा पराजुलीले दुख व्यक्त गरेका छन्।