चितवनमा प्रहरीलाई घु*स दिन खोज्ने ट्रक चालक प*क्रा*उ परेका छन्। प*क्रा*उ पर्नेमा नवलपुर बुलिङटार गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भरत लुङ्गेली रहेका छन्।
शनिबार गरिएको जाँचका क्रममा भरतपुर महानगरपालिका–३ पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई चितवन राइसमिल समितिको चलानी पत्रभित्र रु १०० घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। ना३ख २३२२ नंको ट्रक चालक लुङ्गेलीले घु*स दिन खोजेका थिए। चालकले साथमा सवारी चालक अनुमतिपत्र नरहेकाले मिलाइदिनुपर्यो भन्दै घुस दिएका थिए !