सचिन विश्वकर्मा , नवलपुर, फागुन । सालको पात वेचेर आफनो दैनिकी चलाउन सकिन्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ , तर कावासोती नगरपालिका १६ डण्डा पिप्रेनीका स्थानीय दिदिवहिनीहरुले आफनो फुर्सदको समयलाइ यति वेला सालको पात टिप्ने र वेच्ने मा खर्च गरेका छन । सरकारी जागिर नभएका घरमा खेती किसान गर्ने दिदिवहिनीहरु आफनो खाली समयलाइ सहि सदुपयोग गरि जंगलमा खेरा गएका सालको पात टिप्ने र बेच्ने तर्फ आफनो समय खर्चिएका हुन । आफुहरुले मेहनेत गरेर ल्याएको सालको पात बजारमा उचित मुल्यमा विक्री हुने भएकाले उनीहरु यस तर्फ निकै जागरका साथ लागि परेका छन । सामान्यतया पुजा, पाठ, आदि कार्यमा प्रयोग हुने सालको पात बाट उनीहरुले दैनिकी रुपमा पाच सय देखि एक हजार न्युनतम आयआर्जन गर्नुको साथै दैनिकी चलाउन र आफनो छोरा छोरीको पढाइ खर्च समेत जुटाइरहेका छन । दिनभरि घरमा बस्दा समय विताउन गाह्रो भएपछि गाउका दिदिवहिनीहरु आफनो फुर्सदको समयलाइ खेरा फाल्नु भन्दा थोरै समय सालको पात तर्फ खर्च गर्ने उदेश्यले सालको पात टिप्ने र बेच्ने गरेका हुन । सुरुवाती समयमा १ वन्डलको जम्मा रु ३ रुपैयामा विक्री गर्ने सालको पात अहिल भने प्रति वन्डलको रु ६० मा विक्री गरिरहेको उनीहरु बताउछन । पहिला पहिला दुइ चार रुपैया आफनो साथमा नहुदा अरुसंग माग्नुपर्ने बाध्यता थियो , सामान्य आफना लाहिलहर तथा श्रीगारका सामान सिन्दुर ,पोते आदी किन्न समेत श्रीमानको भर तथा हात थाप्न पथ्र्यो तर अहिले स्वयम मैले नै श्रमिानलाइ दिदै आएको कुरा फुलमाया सुनारले बताउनु भएको छ । पुरुषको तुलनामा महिलालाइ कम ज्याला दिने यो समाजले सालको पातवाट भने त्यस्तो भेदभाव नदेखिएपछि अझै यस तर्फ रुचि बढेको समेत वताउनु भयो । व्यवसायलाइ सानो ठुलो नमान्ने हो भने साना साना व्यवसायले पनि ठुलो सन्तुष्टि दिने उहाले बताउनु भयो । “सुरुसुरुमा सालको पात टिप्ने र वेच्ने गरेको देख्दा लजाएकी म अहिले यही व्यवसाय नै मेरो दैनिकी चलाउने आधार भएको बताउनु हुन्छ यसै व्यवसायमा आवध हुनुभएकी अर्की स्थानीय चन्द्रकुमारी सुनार” गर्मीयामको समयममा धेरै आम्दानी हुने यो पेशाले जाडो तथा वर्खायामको समयमा भने त्यति गति लिन नसक्ने उनीहरु बताउछन । जाडोयामको समयमा पानीले समस्या पैदा गर्ने भएकाले जाडोयामको समय धेरै आम्दानी हुन नसेको उनीहरुको भनाइ रहेको छ । पहिले काम सकेर दिनभरि सुतेर बस्ने दिदिवहिनीहरु अहिले आफनो खाली भएको समय सालको पात टिप्ने र वेच्नेमा खर्च गरेको देख्दा स्थानीय युवालाइ पनि खाली बस्दा लाज लाग्ने र केही काम गर्नूपर्छ भने जागर समेत उनीहरुको काम बाट चलेको यहाका स्थानीय सन्दिप सुनार बताउनु भएको छ । श्रीमानको मात्र मुख हेरेर बस्नु भन्दा सययअनुसार चल्ने र समयलाइ वुझने यहाका स्थानीय दिदिवहिनीहरुको यो काम प्रशंसानिय भएको समेत सुनारले बताएका छन ।
सालको पातवाट दैनिकी चलाउदैै नवलपुर १६ पिप्रेनीका स्थानीय