नवलपुर ।पत्रकार महासंघ नवलपुरले फागुन १८ मंगलबारका दिन दाेस्राे स्थापना दिवश फलफुल वितरण गरि मनाएकाे छ।२०७५ साल फागुन १८ गते स्थापना भएकाे साखाले अाफ्नाे दाेस्राे दिवशकाे अवसर पारि लक्ष्मिनारायण वृदाअाश्रम पिठाैलिमा फलफुल वितरण गरि मनाएकाे हाे। स्थापना दिवशकाे अवसरमा शुभकामना दिदै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष हाेमराज रानाभाटले श्रमजिविकाे मुद्दामा महासंघ सधै एक भएर अघि बढेकाे र बढिरहने बताए। याे मुद्दामा मुर्त रूप पाउन सबैकाे साथ र एकता अावश्कता भएकाे भन्दै स्थापना दिवश ले थप एकता र जनताकाे अावाज उठान गर्ने हाैशला सबैलाई मिलाेस भन्दै शुभकामना व्यक्त गरे। साथै पत्रकार महासंघ सबैकाे साझा संगठन भएकाले सबै पत्रकारकाे अपनत्व हुने गरि कार्य गर्दै जाने बताए। त्यसैगरी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका काेषाध्यक्ष दिपक भट्टराईले स्थापनाकाे दिवशकाे दिन वृदाअाश्रममा फलफुल वितरण कार्यक्रमले समाजमा सकारात्मक कार्यकाे थालनि भएकाे बताए। पत्रकार महासंघ सबैकाे छाता संगठन भएकाले पत्रकारकाे हक हितका लागि सधै लाग्नु पर्नेमा जाेड दिए। तेस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रिराम सिग्देल काेषाधय्क्ष ईश्वरि चापागाई रेडियाे कावासाेतिका स्टेशन म्यानेजर दयाराम अाचार्य लगाएतले शुभकामना मनतब्य दिए। यसअघि महासंघ नवलपुर साखाले २०७६ फागुन १८ गते प्रथम स्थापना दिवश शान्ति अाधारभुत बिध्यालय मध्यविन्दु १ सेतापानि अावाशिय रूपमा अध्यन गरिरहेका अनाथ वालवालिकाका लागि खाधन्न सहयाेग गरि मनाएकाे थियाे । कार्यक्रमकाे सहजिकरण नेपाल पत्रकार महासंघ प्रेम न्याैपानेले गरेका थिए।
पत्रकार महासंघ स्थापना दिवशको अवसरमा वृद्दाश्रममा फलफुल वितरण