कावासोती ,नवलपुर । नवलपुरमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ। पछिल्लो रिपोर्ट अनुसार नवलपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु कावासोती नगरपालिका वडा नं ८ का ४७ वर्षीय पुरुष , कावासोती १४ कि महिला, कावासोती १६ का २३ र २८ वर्षीय पुरुष गरि ४ जना र गैंडाकोट नगरपालिका वडा नं १३ का २४ र ३० वर्षीय २ जना पुरुष रहेका जिल्ला स्वास्थ प्रमुख केशव प्रसाअद चापागाईंले जानकारी दिएका छन।
संक्रमित ६ जना मध्य गैंडाकोटका दुइजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका र कावासोती नगरपालिकाका ४ जना भने संक्रमितको कन्ट्याक्ट् ट्रेसिङको आधारमा लिइएको स्वाब परिक्षणबाट पोजेटिभ देखिएको हो ।