कृष्णनगर, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फियामा करिब चौबीस वर्षदेखि शिक्षा दिदै आएका समाजिक र धार्मिक सहिष्णुता सदैव कायम गरि समाजमा रहेका गरिब असहाय परिवारलाई सहयोग गर्दै आएका मौलाना अब्दुल मन्नान सल्फीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाने क्रममा उहाँको निधन भएको विद्यालय परिवारलेे जनाएको छ ।
उहाँको जन्म ई. सं.१९५९ डिसेंबरमा भएको थियो । जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगरमा शिक्षा दिदै आएका उहाँ समाजिक र धार्मिक काममा बढी सहयोग गर्दै आएकोले केही दिन अगाडी राष्ट्रीय मदरसा संघ नेपालले एक कार्यक्रममा मौलाना अब्दुल मन्नान सल्फीलाई सम्मानित समेत गरेका राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्कीले बताउनु भयो ।
उहाँको आत्माको चिर शान्ति र जन्नतमा आला मुकाम पाऊनको लागि प्राथना गरि यस्ता दुखद समयमा प्र.अ.शैख खुर्शीद शल्फी, शैख अब्दुल रसीद मदनी, खालिद सिराजी, अब्दुल अजिम मदनी, डा. सईद, मौलाना असलम मदनी, वसिउल्ला मदनी, मौलाना मुजिबुद्दिन मदनी, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनी अलकुफी लगायत पुरै मदरसा परिवार उहाँको परिवारको साथ दिने प्रतिबद्धता समेत जनाएका छन् ।
उहाँको देहान्तले पुरै प्रदेशका मुस्लिम समुदाय दु:खी भएको र उहाँले आफ्नो जिवन कालमा दिएका योगदान प्रति हामी अभारी रहेको र उहाँ प्रति प्रदेशका मुस्लिम समुदायले जन्नतमा आला मुकाम पाऊनको लागि प्रार्थना गर्दै शोक कुल परिवारको साथमा प्रदेशका जनता र ५ नं. प्रदेश मदरसा बोर्ड परिवार उहाँको साथ रहेको मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खा नेपालीले बताउनु भयो ।
मौलाना मन्नान सल्फी राम्रो व्यक्तित्व भएका मिलनसार व्यक्ति थिए । उहाँ इमानदार, सहयोगी र राम्रो छबि भएका व्यक्ति थिए । कसैसँग ईर्ष्या नगर्ने र सबैसँग मिलनसार हुने व्यक्तित्व रहेका राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफिले बताउनुभयो । जामिया सिराजुलवलुम अलसल्फियाका अध्यक्ष समीम अहमद नदवी ले पुरै विद्यालय परिवार शोकाकुल रहेको र विद्यालयलाई ठूलो क्षति भएको र अक्त क्षति पूर्ति हुन मुस्किल रहेको बताउनु भयो ।
सोहि विद्यालयका उपाध्यक्ष डा. मंजुर खाँले उहाँले आफ्नो जिवन कालमा दिएका योगदान प्रति हामी अभारी रहेको बताउनु भयो । उहाँको अन्तिम शंस्कार आज २ बजे झण्डानगरको काब्रिस्तानमा हुने समय निश्चित भएको मौलाना मसहूदले बताएका छन् ।