नेपाल उद्योग बाणिज्य महासंघको १३ गते सप्पन्न निर्वाचनमा नवलपुरका युवा व्यवसायी तथा युवा नेता अमृत भट्टचन निर्वाचित भएका छन।गैंडाकोट उद्योग बाणिज्य महासंघका संस्थापक अध्यक्ष रहेका भट्टचन नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ महाधिवेशनमा जिल्ला/ नगर समुहको खुल्ला केन्द्रिय कार्यकारणी सदस्य निर्वाचित भएका हुन। केन्द्रिय सदस्य निर्वाचित भएपछि उनले आफुलाइ विस्वास गरि मतदान गर्ने सबै उद्योगि व्यवसायिलाइ धन्यवाद ज्ञापन गर्दै आफू आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर नराख्ने र सधै उद्योग व्यवसायीहरु हक हितका लागि आवाज उठाउने प्रतिवद्दता समेत व्यक्त गरे ।
नवलपुरका भट्टचन नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य निर्वाचित