कावासोती, ०६ मंसिर । नवलपरासी वर्दघाट सुस्ता पुर्वमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षण क्रममा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकि प्रदेशमा संक्रमितको संख्या १०८७९ पुगेको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा गैंडाकोट नगरपालिकाका वडा नं १२ बस्ने १४ बर्षिय पुरुष , देवचुली नगरपालिका वडा १२ र १७ निवासी ४९,५१ बर्षिय पुरुष , मध्यबिन्दु नगरपालिका १५ निवनसी ४८ बर्षिय पुरुष र कावासोती नगरपालिकाको वडा नं १,२,७,८,१६ बस्ने क्रमश ५४,८६,३८,३१,४२,४४,५४ बर्षिय महिला र पुरुष गरी ११ जना रहेका छन ।
सबै संक्रमितहरुको कन्ट्रयाक ट्रेसि·बाट पहिचान खुलेको हो । सबै सङक्रमितहरुलाई आइसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस बिज्ञाप्ति मार्फत जानकारी आएको छ ।