नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारबाट प्रहरीले अविरजन्य पदार्थ र पटकाहरु बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिल नभएका अविरजन्य पदार्थ र बिभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।
प्रहरीले अविरजन्य पदार्थ १६६ किलो, रकेट बम पटका २९० थान, झिरझिरे पटका २०३० थान, चङ्गे बम पटका ९० थान, सानो पटका ९५० थान र चक्की भुई चम्पा १९० थान बरामद गरेको छ ।