उदयपु’रको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अ’स्पताल नजिक सोमबार एक युवतीको मृ’त्यु भएको छ ।
राजाबासबाट गाईघाट तर्फ आउँदै गरेको को ४९ प ९०७० नम्बरको स्कुटर दुर्घ’टना हुँदा त्रियुगा नगरपालिका ९ की १९ वर्षिय युव’ती प्रिया बुढाथोकीको न्यु’रो हस्पिटल विरा’टनगरमा उपचारको क्रममा सोम’बार मध्यान्ह १२ः१५ बजे मृ’त्यु भएको छ।
यस्तै घाइते हुनेमा भाई १३ वर्षिय युनिक बुढाथोकी पनि घाइते भएको जि’ल्ला ट्रा’फिक प्रहरी का’र्यालय उदयपुरका प्रमुख होम प्रसाद खनालले जानकारी दिए।
उनी सा’मान्य उपचार पछि घर फर्किएका छन् ।मृ’तक युवती गाईघाटको प्यारा’डाइज बोर्डिङ स्कूल’को कक्षा ११ को बोर्ड परीक्षामा सा’मेल हुन आई’रहेको अवस्थामा कु’कुरलाई जोगाउने क्रममा दुर्घ’टना भएको थियो ।